Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान सुरु

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान सुरु

  • शनिवार, माघ १२ २०८१

  • 295
    SHARES

  • अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान सुरु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

    २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान भएको हो । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ

    ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।

    उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन् ।

    खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी कायम भएको छ । एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार रहेका छन् ।


    शनिवार, माघ १२ २०८१०९:१६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij