काठमाडौं । बुधवार सदनमा टेबुल गरेको भाषा सम्बन्धि विद्येयक आज फिर्ता भएको छ । मधेस प्रदेश सरकारले बुधबार भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संसदबाट फिर्ता भएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले टेबुल गरेको उक्त विद्येक आज आफैले फिर्ता लिएकी हुन् ।
प्रदेश सभामा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रस्ताव गरेकी हुन् । मन्त्री तिवारीले विधेयकमा त्रुटि भए पनि सदनबाटै सच्याउने अधिकार भएको बताइन् । ‘वास्तवमा विधेयकमा ल्याउँदा त्रुटि भयो । मैले थारू भाषा पनि समेट्नु पथ्र्यो भन्ने महसुस गरेकी छु । अब विधेयकमा त्रुटि भएका चिजहरू सच्याएर विधेयक पुनः सदनमा प्रस्तुत गर्नेछु’ मन्त्री तिवारीले भनिन् ।
बिहीबार विधेयकमाथि छलफल अगाडि नबढ्दै सत्ता र प्रतिपक्षका सांसदहरूले सदनमा विरोध जनाएपछि आज सरकारले बाध्य भएर विद्येयक फिर्ता लिएको हो ।