Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ

अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ

  • शुक्रवार, माघ ११ २०८१

  • 287
    SHARES

  • अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ

    काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । अख्तियारको कार्यालयलाई पत्र लेख्दै राईले अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरिएको छ । श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माण गर्दा मेयर राईले रकम हिनामिना गरेको भन्दै उजुरी परेको थियो ।

    उक्त उजुरीलाई अख्तियारले केही महिनादेखी अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अख्तियारले राईलाई जवाफ माग गरेपछी राईले अख्तियारलाई पठाएको पत्र आफ्‌नो सामाजिक संञ्जालमा सेयर गरेका छन् ।


    उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् । हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।


    हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पठाएको पत्रः


    शुक्रवार, माघ ११ २०८१०२:५३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij