Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

असारमा पनि मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री यादव

असारमा पनि मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री यादव

  • शुक्रवार, माघ ११ २०८१

  • 445
    SHARES

  • असारमा पनि मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री यादव

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गर्नुभएको छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताउनुभएको हो ।

    विगतमा काठमाडौंमा भएको खानेपानीको समस्याको अध्ययन गरेर आगामी असारमा पनि खानेपानीको आपुर्ती हुनेगरी काम भइरहेको उहाँले बताउनुभयो । मेलम्ची खानेपानीको आपुर्तीमा बेलाबेला समस्या आउने गरेकाले ती समस्याको पहिचान गरेर असारमा पनि खानेपानी संञ्चालन गर्ने योजना मन्त्रालयको रहेको उहाँले बताउनुभयो ।

    यस्तै खानेपानी मन्त्री यादवले धरान उपमहानगर पालिकाका मेयर हर्क सामपाङले मन्त्रालयमा आएर बहादुरी देखाउन खोजेको बताउनु भएको छ । ‘उहाँ मन्त्रालयमा आएर बहादुरी देखाउने शैलीमा प्रस्तुत हुनुभयो । धरानको खानेपानीका विषयमा हामी सवै चिन्तित छौ । तर एउटा जनप्रतिनिधी भइसकेपछि उहाँको प्रस्तुत हुने शैली मिलेन’ मन्त्री यादवले भन्नुभयो ।

    उहाँले भन्नुभयो, ‘एक गाग्रो पानीले धरानका नागरिकलाई पुग्दैन् । सरकारले एक वर्षमा धरानको पानीको समस्या समाधान गर्ने गरेर काम गरिरहेको छ ।’


    शुक्रवार, माघ ११ २०८१०१:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij