Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

'नाकोर्लोजी' पुस्तकको लोकार्पण, लागुऔषध समस्यामाथि चर्चा

'नाकोर्लोजी' पुस्तकको लोकार्पण, लागुऔषध समस्यामाथि चर्चा

  • शुक्रवार, माघ ११ २०८१

  • 574
    SHARES

  • 'नाकोर्लोजी' पुस्तकको लोकार्पण, लागुऔषध समस्यामाथि चर्चा

    काठमाडौँ । अधिवक्ता निराज खड्काद्वारा लिखित ‘नाकोर्लोजी’ पुस्तकको लोकार्पण गरिएको छ।

    473820820_1778390206278431_3936425558253338749_n.jpg

    पाल्पाली सङ्गमद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल सरकारको मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले पुस्तकको लोकार्पण गर्नुभएको हो । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डे र लेखक तथा समालोचक सुवास चन्द्र पोखरेलले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

    473632568_1126053052405338_6679529870746957074_n.jpg

    कार्यक्रममा पाल्पाका सांसद ठाकुरप्रसाद गहिरे, पूर्व सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, पूर्व सांसद कुलप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता भोजराज आचार्यलगायतले नेपालमा लागुऔषधको अवस्था, कानूनी व्यवस्था र यसको समाधानका उपायहरूबारे आफ्ना धारणा राख्नुभएको थियो ।

    सङ्गमका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जीवन भण्डारीले गरेका थिए भने उपाध्यक्ष केशवराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    पुस्तक लागुऔषधको समस्यालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकले नेपालमा बढ्दै गएको लागुऔषधको दुव्र्यसन र यसले पारेको असरबारे गम्भीर अध्ययन प्रस्तुत गरेको छ।

    पुस्तकमा लेखकले लागुऔषधविरुद्धको लडाइँमा कानूनी तथा सामाजिक पक्षहरूलाई समेट्दै यस समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न सुझावहरू पनि दिएका छन्।

    कार्यक्रमका वक्ताहरूले लागुऔषधको दुव्र्यसनले समाजमा निम्त्याएको विनाशकारी परिणामबारे चर्चा गर्दै यस समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।


    शुक्रवार, माघ ११ २०८११२:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij