Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

तीन दिनदेखि महाभारत जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन

तीन दिनदेखि महाभारत जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन

  • शुक्रवार, माघ ११ २०८१

  • 333
    SHARES

  • तीन दिनदेखि महाभारत जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन

    काठमाडौं । काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा गत मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

    जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

    काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा डढेलो फैलिएको छ ।

    ओगोले अन्य वन क्षेत्रमासमेत असर गर्नसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
    आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

    सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

    आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् ।


    शुक्रवार, माघ ११ २०८१०९:३४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij