काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपाध्यक्षमा नवीन उपाध्यायले उम्मेदारी दिनुभएको छ । काठमाडौंमा जारी २३ औंराष्ट्रिय सम्मेलनको निर्वाचनमा अछामका उपाध्यायले उम्मेदारी दिनुभएको हो ।
संगठनमा ३२ वर्षे उमेरहद पारित भएपछि निर्वाचनद्वारा नयाँ कार्यसमिति चयनको लागि यहि माघ १२ गते मतदान हुँदै छ ।
अछामबाट काठमाडौ आएर अमृत साईन्स क्याम्पसबाट अध्ययन सुरु गर्नुभएका उपाध्यायले क्याम्पसदेखि नै विद्यार्थी राजनीति सुरु गरि क्रान्तिकारीको केन्द्रीय सचिव समेत भइसक्नुभएको छ ।
संगठनलाई गतिशिल, प्रभावकारी बनाउँदै शैक्षिक क्षेत्रका तमाम समस्या समाधानका लागि तालिकाबद्व योजना तयार गर्नुभएका उपाध्याय संगठनमा सुशासन, पारदर्शिता र जवाफदेहिता मार्फत सो लक्ष्य हासिल गर्ने प्रतिबद्धता प्रतिनिधिहरुमाझ राख्नुभएको छ ।
समाजवादी शिक्षा, स्वरोजगार तथा उद्यमशिलता सहित आर्थिक, आत्मािर्भरताको लागि वृहत बहस पैरवी गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।