Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राप्रपा कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक आज बस्दै

  • बिहिवार, माघ १० २०८१

  • 410
    SHARES

  • राप्रपा कार्यसम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ।

    बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ। बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ।

    समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुने श्रेष्ठले बताउनुभयो ।


    बिहिवार, माघ १० २०८१०८:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij