Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकार फेरबदलको अनावश्यक हल्ला कायमै, प्रचण्डको छटपट्याहट कि गठवन्धनमै समस्या ? (खासखबर)

सरकार फेरबदलको अनावश्यक हल्ला कायमै, प्रचण्डको छटपट्याहट कि गठवन्धनमै समस्या ? (खासखबर)

  • बुधवार, माघ ९ २०८१

  • 338
    SHARES

  • सरकार फेरबदलको अनावश्यक हल्ला कायमै, प्रचण्डको छटपट्याहट कि गठवन्धनमै समस्या ? (खासखबर)
    काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित वर्तमान गठवन्धन सरकार गठनको झण्डै साढे ६ महिना पुगेको छ। अस्थिर राजनीतिले देश समस्याग्रस्त बन्दै गएपछी संविधान संसोधन गरी देशलाई निकास दिने र आर्थीक समृद्धी हासिल गर्ने भन्दै दुई ठुला दल कांग्रेस र एमालेले सहमती गरी नयाँ सरकार गठन गरेका थिए । 
     
    गत असार १७ गते मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ७ बुँदे सहमती गरी नयाँ सरकार गठन गर्ने समझदारी गरेपछी एमालेकै समर्थनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेर असार ३१ मा ओली नेतृत्वमा कांग्रेससहित केही साना दल सम्मिलित वर्तमान सरकार निर्माण भयो । 
     
    तर आधा वर्ष नाघीसक्दा पनि न सरकारले संविधान संशोधनको प्रक्रिया थाल्न सकेको छ नत आम जनताहरुमा आशाको सञ्चार नै प्रवाह गर्न सकेको छ। बरु सरकारमै सहभागी केही दलसँगै कांग्रेस भित्रै पनि नेताहरुमा असन्तुष्टी बढ्दै गएको देखिन्छ । 
     
    यहि मौका छोपेर प्रधानमन्त्रीबाट एकाएक प्रतिपक्षीमा पुगेका माओवादी अध्यक्ष प्रचण्डको कांग्रेस एमालेभित्र असन्तुष्टि बढाएर पुनहः नेतृत्वमा पुग्ने प्रयत्न मात्रै जारी छैन हरेक दिन सरकार धेरै नटिक्ने र केहीदिन भित्रै सरकार परिवर्तन हुने दावी समेत निरन्तर जारी राख्दै आउनुभएको छ। 
     
    तर अन्य प्रतिपक्षी दलहरु भने सरकार ढल्नेमा विश्वस्त हुन सकेका छैनन्। प्रतिपक्षी दल नेकपा एकिकृत समाजवादी पार्टीका सचिव सोमप्रसाद पाण्डेले दुइ ठुला दल कांग्रेस एमालेको सहमतीमा बनेको सरकार भएकोले उनै दुइ पार्टी बाहेक प्रतिपक्षीले चाहँदैमा नढल्ने भएकोले आँफुहरु अहिले सरकार परिवर्तको खेलमा नलाग्ने बताउनुहुन्छ । 
     
    सरकारको नेतृत्वकर्ता एमाले पनि सरकार कुनै पनि हालतमा फेरबदल नहुने ठोकुवा गर्छ। एमाले सांसद सुर्य थापाले प्रचण्ड सरकारबाट बाहिरिनुको छपट्याहट र रनाहामा रहेको टिप्पणी गर्नुभयो। उहाँले प्रचण्डले सरकार ढाल्न सक्ने भए ढालिसक्ने र नसकेर बाहिर बोल्दै हिडँको जिकिर गर्नुभयो।
     
    यता कांग्रेसभित्र पनि केही नेताहरु सरकार गठनको सुरु देखि नै असन्तुष्ट छन्। उनिहरुले अहिले सरकारले ल्याएको अध्यादेशमा पनि असन्तुष्टी कायमै राखेका छन्। काँग्रेस सस्थापन पक्षकै नेता पूर्वमहामन्त्री डा.शसांक कोइरालाले अहिले सरकार फेरबदल नभए पनि नेपालको राजनीतिमा असम्भव केही नरहेको बताएपछी यसले केही संशय र तरङ्ग भने पैदा गरेको छ।
     
    तर उता राजनैतिक विश्लेषकहरु भने यो मान्न तयार छैनन्। राजनैतिक विश्लेषक लोकराज बरालले अहिले सरकारबाट प्रतिपक्षीमा पुगेका प्रचण्ड छटपटीए पनि अहिले तत्कालै सरकार फेरबदल नहुने बताउनुहुन्छ। उहाँले आन्तरीक रुपमा के खिचडी पाकिरहेको छ भन्ने कुरा बाहिर नआए पनि अहिले सरकारै परिवर्तन गर्न सक्ने आधार नदेखिने बताउनु हुन्छ। 
     
    तसर्थ अस्थिर राजनितिले ग्रस्त नेपाल अहिले संसदका सबैभन्दा ठुला दुई दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले ७ बुँदे सहमतीमा उल्लेख गरेअनुसार नै संविधान तथा ऐन कानुन संशोधन तथा परिमार्जन गरी देशलाई टुँङ्गो लगाउने जिम्मेवारी वोध गर्न जरुरी छ।
     
    अर्कातिर स्वार्थ केन्द्रित दल र नेतृत्वका कारण महिना दिनमै हुने सरकार परिवर्तनले अस्थिरताको दलदलमा फसेको देश बाहिर निकाल्न सबै दलले जिम्मेवारी वोध गर्न आवश्यक छ। 
     
    तसर्थ यसपटकको शक्तिशाली सरकार पनि आन्तरिक मतभेदतर्फ नभै देशलाई विकास र समृद्धीतर्फ उन्मुख बनाउँदै आम सर्वसाधरणमा बढ्दो वितृष्णा अन्त्यतर्फ केन्द्रीत हुन जरुरी छ ।

     


    बुधवार, माघ ९ २०८१०८:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij