काठमाडौं। सुनको मूल्य आज फेरी ह्वात्तै बढेको छ। हिजो प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार हुनेछ ।