Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेट्नुपर्छः गगन थापा

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेट्नुपर्छः गगन थापा

  • सोमवार, माघ ७ २०८१

  • 552
    SHARES

  • कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेट्नुपर्छः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताउनु भएको छ।

    आज काठमाडौँमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रूपमा रहेको बताउनुभयो ।

    उहाँले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसकृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेट्नुपर्छः गगन थापादमा दर्ता गर्ने तयारी गरिएको बताउनुभयो। अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि मूल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मूल कानुन हुने बताउनुभयो।

    कृषिको मूल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको भन्दै उहाँले रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रूपमा हेरिनुपर्ने बताउनुभयो।

    महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताउनुभयो।


    सोमवार, माघ ७ २०८१०३:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij