Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

  • सोमवार, माघ ७ २०८१

  • 334
    SHARES

  • कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो

    गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको सरकारले बताएको छ ।

    प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् ।

    त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

    मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।

    अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


    सोमवार, माघ ७ २०८१०८:१९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij