Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९ गतेभित्र गरिसक्न कांग्रेसको निर्देशन

क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९ गतेभित्र गरिसक्न कांग्रेसको निर्देशन

  • शुक्रवार, माघ ४ २०८१

  • 398
    SHARES

  • क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९ गतेभित्र गरिसक्न कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९गतेभित्र गरिसक्न निर्देशन सहित परिपत्र गरेको छ ।

    महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई आज परिपत्र गर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको हो।

    साथै क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले तहगत रूपमा मिति तोकेरै कार्यतालिका समेत बनाएको छ ।

    कांग्रेसले वडा, गाउँ–नगर, प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला कार्यसमितिलाई कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण गर्नसमेत भनेको छ।


    शुक्रवार, माघ ४ २०८१०७:४६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij