Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीच गोलरहित बराबरी, सिरिज जित्यो बंगलादेशले

नेपाल र बंगलादेशबीच गोलरहित बराबरी, सिरिज जित्यो बंगलादेशले

  • मंगलवार, मंसिर २ २०७७

  • 1.1K
    SHARES

  • नेपाल र बंगलादेशबीच गोलरहित बराबरी, सिरिज जित्यो बंगलादेशले

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा केही समयअघि सकिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

    दोस्रो खेलमा नेपालले बराबरी खेले पनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने घरेलु टोली बंगलादेशले जितेको छ ।

    सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

    आजको खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो ।

    अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिए पनि उनी खेलको १९ औं मिनेट सब्स्टीच्युट भएका थिए । उनलाई नवयुग श्रेष्ठले प्रतिस्थापन गरे ।

    भरत मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेम्जोङले गरेका थिए ।

    दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाललाई मैदानमा उतारिएको थियो ।

    मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

    फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग मैदान छिरे ।

    आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

     


    मंगलवार, मंसिर २ २०७७०७:०३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij