Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधी पुलिसलाई

‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधी पुलिसलाई

  • बिहिवार, माघ ३ २०८१

  • 817
    SHARES

  • ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधी पुलिसलाई

    काठमाडौं। ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै च्याम्पियन बनेको हो ।

    वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन आज पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो। आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए।

    पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए। पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो। १३२–९ को स्थितीमा तेस्रो दिनको सुरुवात गरेको पुलिसले ७ रन थाप्दा बाँकी एक विकेट गुमायो।

    पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे। आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३–९को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। १७० रन बनाएपछि आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो।


    बिहिवार, माघ ३ २०८१०३:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij