Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कृषि विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न

कृषि विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न

  • सोमवार, पौष २९ २०८१

  • 895
    SHARES

  • कृषि विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं। कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८०।८१ अठारौ वार्षिक साधारणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सोमबार सम्पन्न भएको छ।

    बृहत कार्य संजालद्वारा आफ्ना बस्तु ,सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २ सय ८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्‍याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको बैंक कृषि विकास बैंक हो ।

    बैंकको अठारौ बार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीे अध्यक्षतामा सम्पन्न भएको हो ।

    उक्त साधारणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुभएको थियो । साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधारणसभामा विभिन्न निकाय, संघ, संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो।


    साधारणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गर्नु भएको थियो ।


    सोमवार, पौष २९ २०८१०५:३६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij