Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको छ: उपराष्ट्रपति

नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको छ: उपराष्ट्रपति

  • शनिवार, पौष २७ २०८१

  • 319
    SHARES

  • नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको छ: उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताउनुभएको छ ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसमा शुभकामना व्यक्त गर्दै यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।

    यस्तै उहाँले नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बिचमा एकताको उत्सव मनाउन यो दिवस महत्त्वपूर्ण अवसर भएको तर्कगर्नुभएको छ।

    ‘मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न राष्ट्रिय एकता दिवसले सबैलाई उत्प्रेरित गर्न सक्नुपर्छ’, उहाँले भन्नुभएको छ ।

     


    शनिवार, पौष २७ २०८१०८:४२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij