Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

  • शुक्रवार, पौष २६ २०८१

  • 679
    SHARES

  • सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा  शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
     
    बुधबार प्रतितोला पाँच सय रुपैयाँ, बिहीबार प्रतितोला आठ सय रुपैयाँ र शुक्रबार(आज) पनि प्रतितोला आठ सय रुपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 
     
    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
     
    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 
     
    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    शुक्रवार, पौष २६ २०८१०२:५३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij