Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

रवीको मुद्धामा आजै आदेश आउने, अदालत बाहिर भिडभाड

रवीको मुद्धामा आजै आदेश आउने, अदालत बाहिर भिडभाड

  • बिहिवार, पौष २५ २०८१

  • 847
    SHARES

  • रवीको मुद्धामा आजै आदेश आउने, अदालत बाहिर भिडभाड

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले आजै आदेश जारी गर्ने भएको छ ।

    अदालतमा अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य जारी रहेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले जानकारी दिएको छ।

    देशकै कान्छा न्यायाधीश नितीज राईको इजलासमा थुनछेक बहस भएको हो। अदालतले आज रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ। आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ।

    रास्वपा नेता–कार्यकर्ताहरू अदालत परिसरमा ठुलो संख्यामा भेला भएका छन्। रवि लामिछानेलाई अदालतभित्रै थुनुवा विश्राम कक्षमा राखिएको छ। अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ।

    सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएका छन् ।यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि अन्य स्थानमा पनि मुद्दा चलेकाले उनी थुनामुक्त भने हुने छैनन् ।


    बिहिवार, पौष २५ २०८१०४:५५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij