Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशन बोलाउन दबाब दिँदै माओवादी

संसद् अधिवेशन बोलाउन दबाब दिँदै माओवादी

  • शुक्रवार, पौष १९ २०८१

  • 814
    SHARES

  • संसद् अधिवेशन बोलाउन दबाब दिँदै माओवादी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ।

    प्रवक्ता अग्नि सापकोटाले आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको निष्कर्ष निकालेको जानकारी दिनुभयो।

    माओवादीले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको छ। माओवादीले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको पनि आशंका गरेको छ ।

    सापकोटाका अनुसार, बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए।

    उनीहरूले समसामायिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापबारे, संविधान संशोधनबारे धारणा सापकोटाको भनाइ छ। उनीहरूले समाजवादी विचारधारको विकासका लागि सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।


    शुक्रवार, पौष १९ २०८१०७:२०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij