Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • बिहिवार, पौष १८ २०८१

  • 422
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने छ । माओवादी केन्द्रले यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पुस १८ गतेदेखि २० गतेसम्म स्थायी कमिटी बस्ने छ ।

    यसअघि माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै पुस २१ गतेसम्मका लागि सारेको थियो ।


    बिहिवार, पौष १८ २०८१११:०८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij