Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

  • मंगलवार, पौष १६ २०८१

  • 505
    SHARES

  • प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

    काठमाडौं। प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा आज राईलाई सचिव नियुक्त गर्नुभएको हो ।

    राष्ट्रपति पौडलले नेपालको संविधानको धारा १०६को उपधारा(१)बमोजिम राईलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

    सभामुख घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।


    मंगलवार, पौष १६ २०८१०८:००:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij