Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

‘गिरिबन्धु फाइल खोलेरै छाड्छु’ : ‘प्रचण्ड’

‘गिरिबन्धु फाइल खोलेरै छाड्छु’ : ‘प्रचण्ड’

  • सोमवार, पौष १५ २०८१

  • 877
    SHARES

  • ‘गिरिबन्धु फाइल खोलेरै छाड्छु’ : ‘प्रचण्ड’

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने अडान व्यक्त गर्नुभएको हो।

    आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर अध्यक्ष प्रचण्डले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाउनु भएको हो।

    प्रचण्डले भन्नुभयो,‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ। गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु। मेरो सुई गिरिबन्धुतिर जाँदै थियो। त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो। त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ। फाइल खोलेरै छाडिन्छ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताउनुभयो ।


    सोमवार, पौष १५ २०८१०४:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij