काठमाडौं। नेकपा एमालेबाट केहिदिन पहिदा निष्कासित नेता डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नुहुने भएको छ।
आउँदो सोमबार दिउँसो १ बजे बबरमहलस्थीत कार्की ब्याङकेटमा आफ्ना कुरा राख्न र भावी कार्ययोजना जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ।
उहाँले लेख्नु भएको छ,’परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागी सम्पुर्ण संचारकर्मी एवं शुभेच्छुक र जिज्ञासुहरुलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछु !’
एमालेको कारबाहीपछि रावलल आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ। एमालेमा झण्डै पाँच दशक सक्रिय नेता रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।