Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

  • आइतवार, पौष १४ २०८१

  • 485
    SHARES

  • प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताउनु भएकोछ ।

    आज सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुनेमा जोड दिँदै प्रकृतिमैत्री हुने गरि प्रविधिका प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्ने बताउनुभयो।


    उहाँले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको दाबी गर्नुभयो ।


    आइतवार, पौष १४ २०८१०१:४३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij