Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज दुई हजार ७९८ जना कोरोना संक्रमणमुक्त

आज दुई हजार ७९८ जना कोरोना संक्रमणमुक्त

  • आइतवार, कार्तिक ३० २०७७

  • 655
    SHARES

  • आज दुई हजार ७९८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ७३ हजार ४३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै, पछिल्लोपटक थप एक हजार ४७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार २२१ पुगेको स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा हालसम्म १६ लाख नौ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा एक हजार २१ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३५ हजार १२५ जना सक्रिय संक्रमित छन् ।

     


    आइतवार, कार्तिक ३० २०७७०५:१८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij