काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतबाट सोमबार साँझ स्वदेश फर्किनुभएको छ । लामो युरोप भ्रमणपछि परराष्ट्रमन्त्री आरजु उतैबाट पुस ४ गते भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको हो ।
उहाँले पुस ५ गते भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स लाई सम्बोधन गनुभएको थियो। त्यही कार्यक्रममा भाग लिन भनेर उहाँ दिल्ली पुग्नुभएको थियो ।
तर भारत जानुको खास उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भ्रमणको वातावरण मिलाउनु थियो । चीन भ्रमण सकिए लगत्तै भारत भ्रमणमा जाने घोषणा गरेका प्रधानमन्त्री ओलीले त्यसको वातावरण बनाउनका लागि परराष्ट्रमन्त्री आरजुलाई दिल्ली पठाउनुभएको थियो तर उउहाँ दिल्लीबाट खाली हात फर्किनु परेको छ ।
चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारतलाई विश्वासमा लिन परराष्ट्रमन्त्री राणा दिल्ली भ्रमणमा जानुभएको थियो ।