Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन (पत्रसहित)

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन (पत्रसहित)

  • सोमवार, पौष ८ २०८१

  • 751
    SHARES

  • रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन (पत्रसहित)
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद् सचिवालयले सोमबार(आज) निलम्बनसम्बन्धी सूचना प्रकाशित गरेको हो ।
     
    जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा परेका हुन् ।
     
    निलम्बनबारेको पत्र प्रहरीले पठाएपछि सभामुख देवराज घिमिरेले आज दिनभर कानुनी परामर्श गर्नुभएको थियो। जसअनुसार उनले बीचको बाटो प्रयोग गरेर लामिछाने निलम्बित भएको सूचना निकाल्नुभएको हो ।
     
    लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वतः निलम्बनमा पर्ने सम्भावना देखिएको थियो ।
     
    तर सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङबारे दिएको आदेशसमेत अध्ययन गरेपछि मात्रै सभामुख घिमिरेले निलम्बनको सूचना निकाल्नुभएको हो ।
     
    जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउने/नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।
     
    सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । त्यहीअनुसार  प्रहरीले निलम्बनका लागि संसद् सचिवालयमा पत्र पठाएको थियो ।
    rabi-suspended.jpg


    सोमवार, पौष ८ २०८१०७:५२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij