Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती : प्रकाशमान सिंह

पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती : प्रकाशमान सिंह

  • सोमवार, पौष ८ २०८१

  • 424
    SHARES

  • पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती : प्रकाशमान सिंह

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताउनुभएको छ ।

    कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो । क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ,’– उहाँले भन्नुभयो।

    हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिनुभयो। उहाँले देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको बताउनुभयो ।

     


    सोमवार, पौष ८ २०८१०२:१३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij