Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त

  • शुक्रवार, पौष ५ २०८१

  • 509
    SHARES

  • नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त

    काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन हुनुभएको छ । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।

    सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ ।

    नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका ड लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गर्नुभएको थियो।

    डा लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन् ।


    शुक्रवार, पौष ५ २०८१०३:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij