Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालले बंगलादेशलाई दियो ५५ रनको सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो ५५ रनको सामान्य लक्ष्य

  • शुक्रवार, पौष ५ २०८१

  • 765
    SHARES

  • नेपालले बंगलादेशलाई दियो ५५ रनको सामान्य लक्ष्य

    काठमाडौं। एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य दिएको छ।

    आज वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि सुपर फोरअन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।

    नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन्। नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १–१ विकेट लिए। फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ।

    फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्नेछ। भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ।

     


    शुक्रवार, पौष ५ २०८१०३:००:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij