काठमाडौं । नेकपा एमालेकी नेृत भगवती न्यौपानेले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताउनुभएको छ । एकैपटक सबै गर्न संभव नभएकाले क्रमश काम गरिरहेको दाबी गर्दै उहाँले अर्थतन्त्रमा सुधार आइरहेकोसमेत स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ न्यौपानेले संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा सरकार गठन हुनु नै भ्रष्टाचार र बेथिती अन्त्य गर्नु शुसासन कायम गर्नु भएकाले सोहि अनुसार काम गरिरहेको दाबी गर्नुभयो ।
वर्तमान सरकारले केहि काम गरेन, जनता निराश छन् भनेर प्रतिपक्षले भ्रमण फैलाउनु भनेको सरकारबाट बाहिरीनुको पिडा र छट्पटहाटबाहेक अरु केहि नभएकोसमेत उहाँको आरोप छ ।
गठबन्धनमा कुनै पनि दरार नआएकाले सहमति अुनसार नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछि कांग्रेस सभापति शेरबहादुरले सरकारको नेतृत्व गर्ने र आगामी निर्वाचन सम्मै गठबन्धन रहने उहाँको विश्वास रहेको छ ।