Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालले आज भारतसँग खेल्दै

नेपालले आज भारतसँग खेल्दै

  • मंगलवार, पौष २ २०८१

  • 664
    SHARES

  • नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्।

    खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२ बजे सुरु हुनेछ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो।

    नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन्। नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो।

    पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

     


    मंगलवार, पौष २ २०८१०७:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij