काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ।
कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाएको हो। आजको जितसँगै जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो। जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।