काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सचिव गणेश साहले जानकारी दिनुभयो ।
साहका अनुसार आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादीले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने साहले बताउनुभयो ।