Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार

  • बुधवार, मंसिर २६ २०८१

  • 544
    SHARES

  • सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। आज नेप्से सूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ।

    आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर कारोबार भएको छ ।

    यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक सेयर किनबेच भएको छ। आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

    आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।

     


    बुधवार, मंसिर २६ २०८१०३:३३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij