Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

  • मंगलवार, मंसिर २५ २०८१

  • 858
    SHARES

  • बीआरआई नेपालको हितमा छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनु भएको छ ।

    आज चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनु भएको हो।उहाँले भन्नुभयो,“हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौँ।”

    फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभयो।

    चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँको भनाई छ ।


    मंगलवार, मंसिर २५ २०८१०४:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij