Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनपीएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्दै

एनपीएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्दै

  • शनिवार, मंसिर २२ २०८१

  • 760
    SHARES

  • एनपीएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्दै

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज लुम्बिनीले टस जितेपछि ब्याटिङमा सुदूरपश्चिमलाई बोलाएको हो ।

    लुम्बिनीले आशुतोष घिरोहियाको स्थानमा अजुर्न साउदलाई आफ्नो प्लेयिङ ११ मा राखेको छ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीबाट सन्दीप जोरा, अर्जुन, टम मुर्स, उनमुक्त चन्द, विवेक यादव, साद बिन जाफर, दुर्गेश गुप्ता, रामोन सिमोन्ड्स, सूर्य तामाङ, दीनेश अधिकारीलाई खेलाइरहेको छ ।

    एनपीएलमा एउटा टोलीले चार विदेशी खेलाडीलाई खेलाउने पाउने प्रावधान रहे पनि सुदूरपश्चिमले लुम्बिनीविरुद्ध तीन विदेशी खेलाडीमात्र खेलाइरहेको छ।

    टोलीले रोहन मुस्ताफाको स्थानमा वसन्त खत्रीलाई खेलाएको छ । टोलीबाट विदेशी खेलाडीको रुपमा ब्रान्डन म्याकमुलेन, सैफ जैब र स्कट कुग्लेन खेलिरहेका छन् ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबाट विनोद भण्डारी, आरिफ शेख, नरेश बुढाऐर, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद खेलिरहेका छन् । सुदुरपश्चिमले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेको छ । लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो ।

     


    शनिवार, मंसिर २२ २०८१०९:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij