Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भुटानका राजारानी आज काठमाडौं आउँदै

भुटानका राजारानी आज काठमाडौं आउँदै

  • शुक्रवार, मंसिर २१ २०८१

  • 486
    SHARES

  • भुटानका राजारानी आज काठमाडौं आउँदै

    काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित शुक्रबार काठमाडौं आइपुग्ने तालिका छ ।

    भुटानी राजदम्पत्ति करिब पाँच घण्टा काठमाडौंमा रहने र आजै दिउँसो भुटानको राजधानी थिम्पु फर्कनुहुने जनाइएको छ । भुटानका राजा रानी काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उहाँहरु त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भु जाने कार्यक्रम छ ।

    त्यहाँ पूजापाठ गरिसकेपछि भुटानी राजदम्पत्ति बौद्धनाथ जानुहुनेछ । बौद्धको पूजापाठ सकेपछि उहाँहरु फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुहुनेछ । भुटानी राजदम्पत्तिको निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, मंसिर २१ २०८१०८:३०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij