Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी

  • बिहिवार, मंसिर २० २०८१

  • 516
    SHARES

  • दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध फेरी अर्को पनि पक्राउ पुर्जी जारी भएको छ। साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क र ‘कनेक्सन’ देखिएसँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो।

    सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार त्यसपछी आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको हो। फुयाँल भारतीय गुन्डानाइके लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा पक्राउ परेका छन्।


    बिहिवार, मंसिर २० २०८१०५:२१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij