Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनपीएलः काठमाण्डुमाथी सुदूरपश्चिमको फराकिलो जित

एनपीएलः काठमाण्डुमाथी सुदूरपश्चिमको फराकिलो जित

  • बिहिवार, मंसिर २० २०८१

  • 527
    SHARES

  • एनपीएलः काठमाण्डुमाथी सुदूरपश्चिमको फराकिलो जित

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

    टीयु क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले हराएको हो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भयो।

    सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हराएको थियो। दुबै खेललाई हेर्ने हो भने कप्तान दीपेन्द्रसिंह ऐरीको भूमिका उल्लेखनीय छ । उनले पहिलो खेलमा अविजित ५७ रन बनाएका थिए भने आजको खेलमा विस्फोटक ब्याटिङ गर्दै ४३ रन जोडे ।

    उनीपछि ब्राण्डन म्याकमुलनले पनि लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। उनले विराटनगरविरुद्ध ३६ र आज ५३ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ आज नरेन साउदले ५ विकेट लिए ।

     


    बिहिवार, मंसिर २० २०८१०५:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij