Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

  • मंगलवार, मंसिर १८ २०८१

  • 542
    SHARES

  • नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल र चीनबिच आठ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिका विषयबारे भने सार्वजनिक भैकसकेका छैनन् ।

    प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको थियो प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।

    त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको हो । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिजो चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

    भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

    प्रधानमन्त्रीसहितको नेपाली टोली यहि २० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


    मंगलवार, मंसिर १८ २०८११२:२४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij