Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा रविको बयान सकियो

काठमाडौंमा रविको बयान सकियो

  • सोमवार, मंसिर १७ २०८१

  • 715
    SHARES

  • काठमाडौंमा रविको बयान सकियो

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवी लामिछानेको काठमाडौंमा जारी बयान सकिएको छ।

    काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबारदेखि जारी पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको बयान आज सकिएको हो।

    उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार काठमाडौँको बयान सकिएकाले रविलाई भोली पोखरा पठाइनेछ।

    त्यस्तै, अब पोखराबाट केही दिनमै उनलाई अर्को बयानका लागि चितवन पठाइनेछ ।

     


    सोमवार, मंसिर १७ २०८१०४:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij