Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • सोमवार, मंसिर १७ २०८१

  • 413
    SHARES

  • प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु भएको छ।

    प्रधानन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका निम्ति सोमबार त्यसतर्फ प्रस्थान गरेसँगै सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको हो सिंह मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा हुनुहुन्छ ।

    “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको लागि सम्वत् २०८१ मंसिर १७ गते जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    सोमवार, मंसिर १७ २०८१०१:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij