Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

  • सोमवार, मंसिर १७ २०८१

  • 430
    SHARES

  • प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।

    ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । उहाँको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ ।

    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुहुने छ भने दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

    सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्ने कार्यतालिका रहेको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

    मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ ।

    सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।


    सोमवार, मंसिर १७ २०८११२:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij