Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बिहान ६ बजेसम्मको मत परिणाम सार्वजनिक, आधा ठाउँमा कांग्रेस विजयी

बिहान ६ बजेसम्मको मत परिणाम सार्वजनिक, आधा ठाउँमा कांग्रेस विजयी

  • सोमवार, मंसिर १७ २०८१

  • 665
    SHARES

  • बिहान ६ बजेसम्मको मत परिणाम सार्वजनिक, आधा ठाउँमा कांग्रेस विजयी

    काठमाडौं । देशभरका ४१ स्थानमा भएको उपनिर्वाचनको अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। निर्वाचन आयोगले बिहान ६ बजे सम्मको मत परिणाम सार्वजनिक गर्दै अहिलेसम्म २८ वडाको अन्तिम मत परिणाम आएको जानकारी दिएको छ।

    अहिलेसम्म सार्वजनिक भएको २८ वडा मध्ये १४ वडामा कांग्रेसका उम्मेदवार विजय भएका छन् भने एमालेका उम्मेदवार पाँच वडामा विजयी भएका छन्।

    त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उम्मेदवार चार ठाउँमा विजयी हुँदा जसपा नेपालका उम्मेदवारले सप्तरीका दुई वडामा जित हासिल गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी एकीकृत समाजवादी पार्टी र र स्वतन्त्र उम्मेदवारले एकएक ठाउँमा जित्ने मौका पाएका छन्।

    पालिका स्तरीय निर्वाचनमा भने दुई ठाउँको मत परिणाम सार्वजनिक भएकोमा दुवै ठाउँमा एमाले विजय भएको छ।

    त्यसैगरी सर्वाधिक चर्चामा रहेको कीर्तिपुरमा भने अहिलेसम्म मेयरका उम्मेदवारमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल अग्र स्थानमा देखिनुभएको छ। आज बेलुकासम्म सबै ठाउँको मत परिणाम सार्वजनिक भइसक्ने आयोगका सहप्रवक्ता दुर्गाप्रसाद चालिसेले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।


    सोमवार, मंसिर १७ २०८१०६:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij