Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज चीन जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री ओली आज चीन जाँदै, यस्तो छ कार्यतालिका

  • सोमवार, मंसिर १७ २०८१

  • 452
    SHARES

  • प्रधानमन्त्री ओली आज चीन जाँदै, यस्तो छ कार्यतालिका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ ।

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँ यहि २० गते स्व्देश फर्किने कार्यतालिका रहेको छ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्।

    प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चमा सम्बोधन गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुुहन्छ। त्यस्तै नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्।


    सोमवार, मंसिर १७ २०८१०६:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij