Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बझाङको सुर्मा–४ मा नेपाली काँग्रेसका पुजारा बिजयी

बझाङको सुर्मा–४ मा नेपाली काँग्रेसका पुजारा बिजयी

  • सोमवार, मंसिर १७ २०८१

  • 538
    SHARES

  • बझाङको सुर्मा–४ मा नेपाली काँग्रेसका पुजारा बिजयी

    बझाङ । बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र १७० मतको मतान्तरले विजयी भएका छन् । काँग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे। कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो ।

    यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।


    सोमवार, मंसिर १७ २०८१०६:२३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij