Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री भोली चीन प्रस्थान गर्ने

प्रधानमन्त्री भोली चीन प्रस्थान गर्ने

  • आइतवार, मंसिर १६ २०८१

  • 611
    SHARES

  • प्रधानमन्त्री भोली चीन प्रस्थान गर्ने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुहुने भएको छ।

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो। भ्रमणमा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

    यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीयसहित विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ। उहाँको चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट हुने तालिका रहेको छ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुने कार्यक्रम छ। त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भोली बिहान ११ बजे प्रस्थान गरी यही मङ्सिर २० गते काठमाडौँ फर्कने तालिका छ।


    आइतवार, मंसिर १६ २०८१०८:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij