Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन: मतदान सुरु, साँझ ५ बजे सम्पन्न हुने

उपनिर्वाचन: मतदान सुरु, साँझ ५ बजे सम्पन्न हुने

  • आइतवार, मंसिर १६ २०८१

  • 342
    SHARES

  • उपनिर्वाचन:  मतदान  सुरु, साँझ ५ बजे सम्पन्न हुने

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।

    नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

    काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ ।

     

     


    आइतवार, मंसिर १६ २०८१०७:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij